सोनाम ल्होसार र चिनियाँ नयाँ वर्ष विविध कार्यक्रमका साथ मनाईदै
मेरो आर्थिक
माघ २७ गते २०८०
समयः ५:३६ pm
चीनको परम्परागत नयाँ वर्ष र वसन्त चाड नेपालमा पनि मनाइरहेको छ। बुधबार साँझ काठमाडौंको रत्नपार्कमा चिनियाँ रातो लाल्टिन बालेर शुभारम्भ गरिएको थियो भने नयाँ बर्षको श्रृखंला शनिबार पनि विशेष समारोहको आयोजना गरिएको छ।
कार्यक्रमकै सिलसिलामा शुक्रबार ठमेलमा ड्रागन, सिंह र किरिन नृत्य प्रस्तुत गरियो भने शनिबार दरबारमार्ग क्षेत्रमा विभिन्न नृत्यहरु प्रश्तुत गरियो। शनिबार तामाङ समुदायको सोनाम ल्होसार पनि परेकाले चिनियाँ कार्यक्रममा तामाङ समुदायका व्यक्तिहरु पनि देखिए।
तामाङ समुदायको सोनाम ल्होसारमा शनिबारदेखि मुसा वर्ष पूरा गरी गाई वर्ष प्रवेश हुँदैछ। प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार मनाइन्छ। मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ।
त्यस्तै चिनियाँ नयाँ वर्ष र वसन्त चाडका अवसरमा श्रृखंलाबद्ध कार्यक्रमहरु जारी राखिएको छ। भक्तपुर दरबार स्क्वायर, पाटन दरबार स्क्वायरमा ड्रागगन, सिंह र किरिन नृत्य देखाइने कार्यक्रम छ। शनिबार दिउँसो २ बजेदेखि दशरथ रंगशालामा नेपाल–चीनबीच मैत्री फुटबल प्रतियोगिता पनि राखिएको छ। सोमबारदेखि बुधबारसम्म टुँडिखेलमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म चिनियाँ नयाँ वर्ष महोत्सवको आयोजना गरिएको छ ।
महोत्सवमा खानाका परिकार, सांस्कृतिक कार्यक्रम, पुस्तक प्रदर्शनीलगायत कार्यक्रम सम्पन्न भएका छन् ।