फोहोर उठाउने नाममा घरमा चोरी गर्ने पाँच भारतीय पक्राउ
मेरो आर्थिक
फागुन ४ गते २०८०
समयः ८:४५ am
फोहोर उठाउने नाममा घरमा तोडफोड गरी चोरी गर्ने पाँच भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उक्त समूहले काठमाडौंका तीन छुट्टाछुट्टै घरबाट झण्डै एक करोड रुपैयाँ चोरी गरेको पाइएको छ ।
पक्राउ पर्नेमा विकास पोद्दार उर्फ लक्का, जितेन्द्र पोद्दार, भैलाल पोद्दार, सञ्जय पोद्दार र मञ्जुदेवी पोद्दार रहेका छन् । प्रहरीले गोकर्णेश्वर नगरपालिका–४ मकलबारीस्थित दिलमाया आलेमगरको घरबाट फागुन ११ गते रु ६५ लाखको नगद र गरगहना चोरी गरेको प्रहरीले जनाएको छ ।
त्यस्तै बानेश्वरका दिनेश घिमिरेको घरबाट २५ लाख र गोकर्णेश्वर नगरपालिका–३ स्थित गीता राईको घरबाट रु चार लाख १० हजार चोरी भएको एसपी रविन्द्र रेग्मीले जानकारी दिनुभयो ।