शर्मिला वाइबालाई चार दिन थुनामा राखेर थप अनुसन्धान हुने : mero aarthik
जेठ १७ गते २०८२
ब्रेकिङ न्यूज

शर्मिला वाइबालाई चार दिन थुनामा राखेर थप अनुसन्धान हुने

मेरो आर्थिक मेरो आर्थिक फागुन १८ गते २०८०

काठमाडाैं जिल्ला अदालतले शर्मिला वाइबालाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएकाे छ । कलाकार पवन खतिवडा ‘म्याकुरी’ माथि हातपात गरेको आरोपमा वाइबा पक्राउ परेकी हुन् । वाइबालाई चार दिन थुनामा राखेर प्रहरीले अनुसन्धान गर्ने भएको छ ।

बेलाबेला विवादमा परिरहने शर्मिला वाइबालाई बुधबार सिन्धुपाल्चोक प्रहरीले कुटपिट तथा अङ्गभङ्ग मुद्दामा बाह्रबिसेबाट पक्राउ गरेकाे थियाे।  आफूलाई सामाजिक अभियन्ता बताउने वाइबाले पछिल्लो समय म्याकुरी नामले परिचित कलाकार पवन खतिवडा र उनकी बहिनी गंगामाथि घरभित्रै पुगेर कुटपिट गरेका थिए ।

त्यसपछि पवन र सुम्निमा खालिङले बेग्ला बेग्लै पत्रकार सम्मलेन गरेका थिए । उनीहरूको विवाद यतिबेला देशकै चर्चाको विषय बनिरहेको छ । लामाे समयकाे विवादपछि पवन र सुम्निमा सम्बन्धविच्छेद गर्ने टुंगाेमा पुगेका छन् । उनीहरू आइतबार अदालतमा नै पुगेर सम्बन्धविच्छेदकाे मुद्दा दर्ता गर्ने भएका हुन् ।