माघ २२ गते २०८२ --:--:--
मेनु

भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

मेरो आर्थिक मेरो आर्थिक फागुन २८ गते २०८० ८:२१ AM
भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रेको बनेपा नगरपालिका–७ का मणिराज घिमिरे रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका मणिराजको मध्यपुरथिमि अस्पतालमा राति २ः३० बजे उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

वाग्मती प्रदेश (०२-०३२प ३३१३) नम्बर प्लेटको मोटरसाइकल सल्लाघारीतर्फ जाँदै गर्दा शनिबार बिहान १२ः४३ बजे सूर्यविनायक नगरपालिका–५ चुँदेवी आकासे पुल नजिकै दुर्घटना भएको थियो ।

मोटरसाइकल चालक रामेछाप बस्ने ३७ वर्षीय विनोदप्रसाद घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?