Skip to content
logo
भाद्र २३ गते २०८१ समयः

तारकेश्वर डाँडागाउँ चौकीमा खुल्यो सिवांगी ब्युटी जोन, १ महिनासम्म विशेष अफर

मेरो आर्थिक
मेरो आर्थिक
श्रावण २ गते २०८१
तारकेश्वर डाँडागाउँ चौकीमा खुल्यो सिवांगी ब्युटी जोन, १ महिनासम्म विशेष अफर

काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिका वडा नं ८ डाँडागाउँ चौकी नजिकै सिवांगी ब्युटी जोन खुलेको छ । ब्युटिसियन, मोडल तथा गायिका मन्जिरा लामाको लगानीमा शनिबारदेखी सञ्चालनमा आएको हो ।

आफ्नो कलाकारिता क्षेत्र संगै व्यवसायमा हात हालेका लामा विगत १ दशक भन्दा लामो समयदेखी सौन्दर्य क्षेत्रमा काम गर्दै आइरहेकी छिन । सञ्चालक लामाले साउन २८ गतेसम्मको लागि १ हजार रुपैँयामा फेसियल र दुई हजार ५ सय रुपैँयामा हेयर स्ट्रेड गर्ने बताए । साथै कुनै पनि कस्मेटिक सामानमा ५ देखी १० प्रतिशतसम्म छुट दिने पनि बताए ।  

गायक एंव संगीतकार विशाल योन्जन तामाङको प्रमुख आतिथ्यतामा सिवांगी ब्युटी जोनको उदघाटन गरेका हुन । उनले प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै सिवांगी ब्युटी जोनलाई बधाई तथा सफलताको शुभकामना व्यक्त गरे ।

कलाकारितासंगै व्यवसायमा हात हालेकी मन्जिरा लामालाई हौसला प्रदान गर्नुका साथै थप प्रगतिको कामना पनि गरे । कार्यक्रममा विभिन्न संघसंस्थामा आवद्ध व्यक्तिहरु, कलाकार, पत्रकारहरुको बाक्लो उपस्थिती रहेको थियो ।

Add a new comment