माघ २१ गते २०८२ --:--:--
मेनु

बलिवुडकी ‘काँटा लगा…’ फेम अभिनेत्री शेफालीको निधन

मेरो आर्थिक मेरो आर्थिक असार १४ गते २०८२ ७:५७ AM
बलिवुडकी ‘काँटा लगा…’ फेम अभिनेत्री शेफालीको निधन

काठमाडौँ । बलिवुडको प्रसिद्ध गीत ‘काँटा लगा…’ फेम अभिनेत्री शेफाली जरीवालाको निधन भएको छ ।

भारतीय मिडियाहरुले ४२ वर्षीया शेफालीको हृदयघातका कारण मृत्यु भएको गरेका छन् । 

शेफालीलाई शुक्रबार राति अन्धेरी वेस्ट (मुम्बई) स्थित बेलेभ्यू अस्पतालमा बेहोस अवस्थामा ल्याइएको लागिएको थियो । शेफालीलाई उनका पति अभिनेता पराग त्यागी र तीन जनाले अस्पताल पुर्याएका थिए । अस्पताल पुर्याइएकी अभिनेत्री शेफालीको डाक्टरहरूले उपचार सुरु गर्नुअघि नै मृत घोषित गरेको बताइएको छ । 

‘काँटा लगा गर्ल’ को रूपमा प्रसिद्ध शेफालीले अक्षय कुमार र सलमान खानसँग फिल्म ‘मुझसे शादी करोंगी’ मा काम गरेकी थिइन् । शेफालीले लोकप्रिय रियालिटी शो बिग बोस १३ मा पनि भाग लिएकी थिइन् । 

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?