समिक्षाको आपत्तिपछि महेश बस्नेतले माफी माग्दै सच्याए आफ्नो पोस्ट : Mero Aarthik
असार १७ गते २०८२
ब्रेकिङ न्यूज

समिक्षाको आपत्तिपछि महेश बस्नेतले माफी माग्दै सच्याए आफ्नो पोस्ट

मेरो आर्थिक मेरो आर्थिक असार १५ गते २०८२

काठमाडौँ । गायिका समिक्षा अधिकारीले महेश बस्नेतले सामाजिक सञ्जालमा आफुमाथि गरेको टिप्पणीप्रति आपत्ति जनाउदै विक्षिप्त बनेको बताएकी छन् ।

समिक्षाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै फेसबुकमा तपाइँले लेखेको ‘सहासी छोरीहरु’को पोष्टले हौसला दियो र केही मात्रामा राहत मिलेपनि त्यसको मसि सुक्न नपाउदै तपाईका विश्वास पात्र महेश बस्नेतले मेरो चरित्र हत्या हुने गरि लेखेको विषयले आफु विक्षिप्त बनेको उल्लेख गरेकी छन् ।

समिक्षाले भनेकी छन्- सम्माननीय प्रधानमन्त्रीज्यू, हजुरले लेख्नुभएको फेसबुक पोस्टले मलाई हौसला दियो र केही मात्रामा राहत पनि मिल्यो, तर त्यो पोस्टको मसी सुक्न नपाउँदै, हजुरकै अत्यन्त विश्वास पात्र महेश बस्नेतज्यूले कुनै घटनाबाट आफूलाई चोख्याउन मेरो चरित्र हत्या हुने गरी अनेक कुरा लेख्नुभएको देख्दा म अत्यन्त विक्षिप्त बनेकी छु । जनताको अदालत भन्दा ठुलो अरु केहि छैन । जीन्दगीमा जानाजान हारेर पनि कसैलाई जिताएर आएकी हुँ। यो तीन करोड जनतालाई थाहा छ।धेरै भन्ने नपार्नुस् ।  बस्नेत ज्यूलाई मेरो प्रश्न छ, मलाई र हजुरकी डाक्टर छोरी एकै ठाउँमा राखेर सोच्नुभएको भए के यस्तो लेख्ने हिम्मत आउथ्यो…?

समिक्षाको स्ट्याटसपछि महेश बस्नेतले माफी माग्दै आफ्नो पोस्ट सच्याएको बताएका छन् । बस्नेतले भनेका छन्- आजको मेरो स्टाटस आफूमाथि भएको निरन्तरको प्रहार र आक्रमणको बारेमा केही स्पष्ट पारेको मात्रै हुँ। सोही बिषय लेख्दा केही सन्दर्भहरू जोडिएका थिए ।कसैको चरित्र हत्या गर्ने वा बदनाम गर्ने उद्देश्यले बिल्कुल होइन । कतिपय पुराना पीडालाई कोट्याउने मनसाय पनि थिएन । तर समीक्षा बहिनीको टिप्पणीप्रति संवेदनशील बन्दै, यदि मेरो अभिव्यक्तिमा कतै कमजोरी भएको भए म त्यसप्रति क्षमाप्रार्थी हुँदै बहिनीको भावना बुजेर मैले स्टाटसलाई केही संशोधन गरेको छु ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?