फिल्म ‘सुख दुःख’ बाट नीता ढुंगानाले निर्देशनमा डेभ्यु गर्दै : Mero Aarthik
असार १७ गते २०८२
ब्रेकिङ न्यूज

फिल्म ‘सुख दुःख’ बाट नीता ढुंगानाले निर्देशनमा डेभ्यु गर्दै

मेरो आर्थिक मेरो आर्थिक असार १५ गते २०८२

काठमाडौँ । अभिनेत्री तथा निर्मात्री नीता ढुंगानाले फिल्म निर्देशन गर्ने भएकी छन् । नीताले फिल्म ‘सुख दुःख’ को घोषणा गर्दै यस फिल्मबाट निर्देशनमा डेब्यु गर्ने भएकी हुन् ।

उनले फिल्म २०८३ को दशैँमा प्रदर्शन हुने घोषणा गरेकी छन् । नीता फिल्म्सको ब्यानरमा बन्न लागेको यो फिल्ममा कलाकारको छनौट भने हुन बाँकी रहेको छ ।

नीताले आफ्नै ब्यानरमा गत वर्ष प्रदर्शन भएको फिल्म ‘ह्रस्व दीर्घ’ को निर्माण गरेकी थिइन् । भारतीय अभिनेताहरुलाई सामेल गरेर बनाइएको यस फिल्मले बक्स अफिसमा राम्रो कमाई गरेको थियो । फिल्म सुपर हिट नभएपनि लगानी उठाएको बताइएको थियो ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?