गायिका एलीना अभद्र टिप्पणी गर्नेविरुद्ध साइबर ब्यूरोमा : Mero Aarthik
असार १६ गते २०८२
ब्रेकिङ न्यूज

गायिका एलीना अभद्र टिप्पणी गर्नेविरुद्ध साइबर ब्यूरोमा

मेरो आर्थिक मेरो आर्थिक असार १६ गते २०८२

काठमाडौँ । गायिका एलिना चौहानले आफुविरुद्ध सामाजिक सञ्जालमा गालि गलौज र अभद्र टिप्पणी गर्नेविरुद्ध साइबर ब्यूरोमा उजुरी गरेकी छन् । 

गायिका चौहानले यस अघि सामाजिक सञ्जालमै गालि गलौज र अभद्र टिप्पणी गर्नेहौर्को नाम आफ्नो सामाजिक सञ्जालमै सार्बजनिक गर्ने गरेकी भएपनि अब साइबर ब्यूरोमा मुद्धा दायर गरेर कानुनी कारवाही अगाडी बढाएकी छन् ।

उनले यो लडाई आफ्नो मात्र नभएको बताउदै चरित्र हत्या गर्ने अधिकार कसैलाई नभएको बताएकी छन् । साथै एलीनाले गालि गलौज र अभद्र टिप्पणीका कमेन्ट नरोकिएसम्म आफ्नो पोस्ट नरोकिने समेत बताएकी छन् ।

सामाजिक सञ्जालमा अभद्र कमेन्ट गर्नेविरुद्ध नाम सार्बजनिक गर्ने अभियान अहिले दुई गायिका समिक्षा अधिकारी र एलीना चौहानले जारी राखेका छन् । यो अभियान चलाइरहेका दुवै गायिकालाई प्रधानमन्त्री केपी शर्मा ओलीले समेत प्रशंसा गर्दै ‘साहसी छोरी’ को संज्ञा दिएका थिए ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?