केदार घिमिरेको ‘माग्ने राजा’ को टिजर सार्वजनिक : Mero Aarthik
असार १९ गते २०८२
ब्रेकिङ न्यूज

केदार घिमिरेको ‘माग्ने राजा’ को टिजर सार्वजनिक

मेरो आर्थिक मेरो आर्थिक असार १८ गते २०८२

काठमाडौँ । केदार घिमिरेको मुख्य भूमिका रहेको ‘माग्ने राजा’को टिजर सार्वजनिक गरिएको छ । 

टिजर हेर्दा फिल्म कमेडीले भरिपूर्ण रहेको बुझ्न सकिन्छ । फिल्ममा विल्सन विक्रम राई केदार घिमिरेको भान्जा बनेका छन् भने टिजरमा वर्षा सिवाकोटी र शिशिर वाङदेललाई पनि देखाइएको छ ।

फिल्म ‘माग्ने राजा’ मा केदार घिमिरे पहिलो पटक मुख्य भूमिकामा देखिन लागेका हुन् ।

आरम्भ प्रडक्सनको ब्यानरमा मुनाल घिमिरेको प्रस्तुतकर्ता र मधुसुदन शर्मा निर्माता रहेको सिनेमालाई ऋषि लामिछानेले निर्देशन गरेका छन् ।

सिनेमामा नरेन्द्र मैनालीको छायांकन, सामीप्यराज तिमल्सेनाको लेखन, सुजिल कर्माचार्यको पार्श्व संगीत र मित्र गुरुङको सम्पादन रहेको छ। सिनेमाको टिजर साहिल खानले तयार गरेका हुन् । यो फिल्मलाई भदौ ६ गते नेपालसहित विश्वभर प्रदर्शन गर्ने तयारी गरिएको छ ।

टिजरको लिंक- https://www.youtube.com/watch?v=0pvosNcq4Hc 

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?