माघ २२ गते २०८२ --:--:--
मेनु

रामप्रसाद खनाललाई ग्लोबल स्टार अवार्डमा ‘सबैभन्दा लोकप्रिय लोक गायक’ को सम्मान

मेरो आर्थिक मेरो आर्थिक श्रावण ११ गते २०८२ ७:२२ PM
रामप्रसाद खनाललाई ग्लोबल स्टार अवार्डमा ‘सबैभन्दा लोकप्रिय लोक गायक’ को सम्मान

काठमाडौं  । पत्रकार, अभिनेता, गायक तथा समाजसेवी रामप्रसाद खनाललाई ग्लोबल स्टार अवार्ड २०२५ मा ‘सबैभन्दा लोकप्रिय लोक गायक’ को सम्मान प्रदान गरिएको छ । 

काठमाडौँमा आयोजित एक विशेष समारोहमा उक्त अवार्ड प्रदान गरिएको हो । पूर्वप्रधानमन्त्री झलनाथ खनालको प्रमुख आतिथ्यतामा सम्पन्न समारोहमा खनाललाई नेपाली लोकसंगीत क्षेत्रमा पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गर्दै यो अवार्ड प्रदान गरिएको हो ।

हाल संयुक्त राज्य अमेरिकामा बसोबास गर्दै आएका खनालले विदेशमा रहँदा पनि लोकगीत, दोहोरी, तीज गीत लगायतका ८ वटा मौलिक गीत एक वर्षभित्र सार्वजनिक गरेका छन् । 

खनालले सम्मान प्राप्त गरेपछि भनेका छन्- ‘ग्लोबल स्टार अवार्ड २०२५ प्रति म हार्दिक आभारी छु। यस सम्मानले विदेशमा रहँदा पनि लोकसंगीतमा गरेको निरन्तर प्रयासको कदर भएको अनुभूति दिलाएको छ ।’

खनाल हाल अमेरिकामा रहेकाले पुरस्कार, प्रमाणपत्र र ट्रफी उनका मित्र राजेन्द्र लुइँटेलले ग्रहण गरेका थिए ।

खनाललाई नेपालमा लोक दोहोरी गितलाई अहिलेको अवस्थामा पुर्याउने जस दिइन्छ ।  

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?