पौष २ गते २०८२ --:--:--
मेनु

बक्स अफिस रिपोर्ट: अभिमन्यु च्याप्टर-१ ले बनायो निराश

मेरो आर्थिक मेरो आर्थिक मंसिर २९ गते २०८२ २:४१ PM
बक्स अफिस रिपोर्ट: अभिमन्यु च्याप्टर-१ ले बनायो निराश

काठमाडौँ । गत साताको नेपाली बक्स अफिसको रिपोर्ट सार्बजनिक भएको छ । 

चलचित्र विकास बोर्डले सार्वजनिक गरेको मङ्सिर २७ गते शनिबारसम्मको बक्स अफिस रिपोर्ट अनुसार फिल्म परानले अहिलेसम्म करिब १७ करोडभन्दा बढी गरेको छ भने गत साता रिलिज भएको अभिमन्यु च्याप्टर १ ले दर्शकलाई आकर्षित गर्न असफल भएको छ । 

परानले अहिलेसम्म १७ करोड ३९ लाख ४९ हजार ५०१ ग्रस कमाई गरेको छ । त्यस्तै यस अवधिमा परानले ६ लाख १२ हजार ८०८ टिकट बेचेको छ ।

त्यस्तै फिल्म हर्षले २८ लाख ७६ हजार २८६ कमाइ गर्दा ८ हजार ७६६ टिकट बिक्री भएको छ ।

त्यस्तै निकै प्रचार गरिएको अभिमन्यु च्याप्टर-१ ले एक सातामा केवल २१ लाख १० हजार २०५ ग्रस कमाई गरेको छ । यस फिल्मका ६ हजार ६८६ टिकट बिक्री भएको छ । 

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?