काठमाडौँ । बलिवुड अभिनेत्री प्रियंका चोपडाले अभिनेता सुनिल थापाको निधनप्रति दुख व्यक्त गरेकी छन् । सामाजिक सञ्जालमा लेख्दै प्रियंकाले सुनिल थापालाई तपाइँ सधै मेरो कोच बनिरहने बताएकी छन् ।
सुनिल थापा र प्रियंकाले बलिवुड फिल्म मेरी कोममा एक साथ काम गरेका थिए । २०१४ मा रिलिज भएको मेरी कोममा बक्सरको भूमिकामा रहेकी प्रियंकाको कोचको भूमिकामा सुनिल थापाले अभिनय गरेकी थिइन् ।
प्रियंकाले भावुक सन्देश लेख्दै आफुले आफ्ना पिता गुमाएको समयमा सुनिल थापाले आफ्नो दुखको समयबाट बाहिर निस्किन भूमिका खेलेको उल्लेख गरेकी छन् । उनले भनेकी छन्- तपाइँ सधै मेरो कोच रहनु हुनेछ । मैले मेरो बुबा गुमाएको समयमा मलाई सम्हालिन सहयोग गर्नु भयो । मेरो मुश्किल समयमा तपाइले माया दिएर मैले महसुस नगरी मलाई दुखबाट निकाल्नु भयो । तपाइँको न्यानो अँगालो र हासो सधै मेरो सम्झनामा रहने छ ।’
प्रियंकाले सुनिल थापा छिटै गएपनि कहिल्लै नबिर्सिने उल्लेख गरेकी छन् । साथै उनले आफु टुटेको समय साथ दिएकोमा धन्यवादसमेत दिएकी छन् ।
थापाको शनिबार बिहान काठमाडौँस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।













