माघ २६ गते २०८२ --:--:--
मेनु

नेपाली फिल्मको बक्स अफिस रिपोर्ट: आ बाट आमाको शानदार कमाई

मेरो आर्थिक मेरो आर्थिक माघ २६ गते २०८२ ३:२० PM
नेपाली फिल्मको बक्स अफिस रिपोर्ट: आ बाट आमाको शानदार कमाई

काठमाडौँ । गत साताको नेपाली बक्स अफिसको रिपोर्ट सार्बजनिक भएको छ । 

चलचित्र विकास बोर्डले सार्वजनिक गरेको माघ २४ गते शनिबारसम्मको बक्स अफिस रिपोर्ट अनुसार अ बाट आमाले बक्स अफिसमा शानदार कमाई गरेको छ । 

माघ १६ गतेदेखि रिलिज भएको आ बाट आमाले बक्स अफिसमा एक सातामा ४ करोड ८० लाख ९० हजार ४८७ कमाई गरेको छ । यस फिल्मका एक लाख ७६ हजार ५५२ टिकट विक्री भएको बोर्डले जनाएको छ । 

त्यस्तै  फिल्म गोबर गणेशले एक करोड ४० लाख २७ हजार ७६६ कमाई गरेको छ । यस फिल्मको अहिलेसम्म ४९ हजार ५३१ टिकट बिक्रि भएको छ ।

फिल्म झरी पछिको इन्द्रेणीले एक करोड २९ लाख ५५ हजार ११९ कमाई गरेको छ । अहिलेसम्म झरी पछिको इन्द्रेणीको ४० हजार ८९९ टिकट बिक्री भएको छ । 

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?