फागुन १९ गते २०८२ --:--:--
मेनु

आज खण्डग्रास चन्द्रग्रहण लाग्दै, नेपालमा कति बेला देखिन्छ ?

मेरो आर्थिक मेरो आर्थिक फागुन १९ गते २०८२ ८:२१ AM
आज खण्डग्रास चन्द्रग्रहण लाग्दै, नेपालमा कति बेला देखिन्छ ?

काठमाडौँ । आज राति नेपालमा खण्डग्रास चन्द्रग्रहण देखिने भएको छ । चन्द्रोदयसँगै सुरु हुने यो ग्रहण राति ७:०२ बजेसम्म देखिने र उच्च स्थानबाट हेर्दा अझ राम्रो देखिने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जानकारी दिएको छ ।

मौसम सफा भए देशका सबै भागबाट चन्द्रग्रहण स्पष्ट रूपमा अवलोकन गर्न सकिने छ । चन्द्रग्रहण हेर्न कुनै विशेष उपकरण आवश्यक नपर्ने र घरको छत, खुला मैदान वा नजिकैको डाँडाबाट सजिलै हेर्न सकिने सोसाइटीले जानकरी दिएको छ । 

२०२६ मा विश्वभर लाग्ने दुई चन्द्रग्रहण र दुई सूर्यग्रहणमध्ये नेपालबाट भने यो एकमात्र ग्रहण देख्न सकिनेछ ।

चन्द्रग्रहण कसरी लाग्छ भन्नेबारे खगोलविद्हरूका अनुसार पृथ्वीले सूर्यको परिक्रमा गरिरहँदा चन्द्रमाले पनि पृथ्वीलाई घुमिरहेको हुन्छ । जब पृथ्वी सूर्य र चन्द्रमाको बीचमा पर्छ, पृथ्वीको छायाँ चन्द्रमामा पर्छ । चन्द्रमाको आफ्नै प्रकाश नहुँदा सूर्यको प्रकाश रोकिएर चन्द्रमा आंशिक रूपमा ढाकिन्छ, जसलाई चन्द्रग्रहण भनिन्छ ।

यद्यपि हरेक पूर्णिमामा चन्द्रग्रहण लाग्दैन । चन्द्रमाको कक्षा पृथ्वीको कक्षासँग करिब ५ डिग्री झुकेको हुने भएकाले तीनै आकाशीय पिण्ड सधैं एउटै सीधा रेखामा पर्दैनन् । चन्द्रमाको कक्षाले पृथ्वीको कक्षीय सतहलाई दुई स्थानमा काट्छ, जसलाई प्राचीन ज्योतिषमा राहु र केतु भनेर चिनिन्छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?