नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको संसदीय इतिहासमै सबैभन्दा बढी सांसदको विश्वासको मत पाएका छन् ।
प्रतिनिधिसभामा मंगलबार भएको मतदानमा प्रचण्डले विश्वासको मत प्राप्त गरेका हुन् । प्रधानमन्त्री प्रचण्डले विश्वासको मतको प्रस्तावको पक्षमा २६८ मत पाएको सभामुखको हैसियतमा रहेका जेयष्ठ सदस्य पशुपति शमशेर राणाले घोषणा गरे । यस्तै दुई सांसदले विपक्षमा मत दिए । मतदानमा २७० सांसद उपस्थित थिए ।












