फागुन २० गते २०८२ --:--:--
मेनु

बैंकको ऋणमा थिचिएका किसानलाई जोगाउन सरकारसँग माग

मेरो आर्थिक मेरो आर्थिक माघ १८ गते २०७९ ११:१९ AM

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले बैंकको ऋणमा थिचिएका किसानलाई जोगाउन सरकारसँग माग गरेका छन् । बुधवार प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै महामन्त्री थापाले यस्तो माग गरेका हुन् ।

उनले पछिल्लो समय सयौंको सख्यामा साना किसानहरु कृषि मन्त्रालयमा पुगेर रोइरहेको बताए । उनले बैंकहरुबाट ऋण लिएर कुखुरा फार्म चलाएका किसानको बर्डफ्लु न्युनिकरण गर्ने नाममा सरकारले कुखुरा फार्म नष्ट गरे बापत पाउने ५८ करोड क्षेतिपूर्ति तत्काल किसानलाई दिन पनि माग गरे । उनले किसानहरुले बैंकको ऋणको दबाबमा अप्रिय निर्णय लिए सरकार जिम्मेवार हुनुपर्ने बताए ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?