फागुन २० गते २०८२ --:--:--
मेनु

प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाबाट दोस्रो पटक विश्वासको मत पाए

मेरो आर्थिक मेरो आर्थिक चैत्र ६ गते २०७९ १२:०८ PM
प्रधानमन्त्री  प्रचण्डले प्रतिनिधिसभाबाट दोस्रो पटक विश्वासको मत पाए

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत पाएका छन् । सोमबार सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेपछि भएको मत विभाजनमा प्रधानमन्त्रीलाई विश्वासको मत रहेको सम्बन्धी प्रस्तावको पक्षमा बहमुत प्राप्त भएको हो ।

जसअनुसार प्रचण्डलाई विश्वासको मत रहेको पक्षमा १७२ जना सांसदको मत पर्यो । यस्तै ८९ सांसदले प्रधानमन्त्रीलाई विपक्षमा मतदान गरे । यस्तै एक सांसद तटस्थ रहे । प्रतिनिधिसभामा भएको मतदानमा कुल २६२ सांसद उपस्थित थिए ।

यसअघि प्रचण्डले पुस २६ मा पहिलो पटक विश्वासको मत लिएका थिए ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?