प्रतिनिधि सभाकी समानुपातिक सांसद मञ्जु शर्मा (अन्सारी)ले आज शपथ ग्रहण गरेकी छन् ।
समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित शहनाज रहमानको निधन भएपछि रिक्त रहेको स्थानमा अन्सारी सांसद बनेकी हुन् । उनलाई सभामुख देवराज घिमिरेले सिंहदरबारस्थित कानुन समितिको हलमा शपथ ग्रहण गराएका छन् ।











