माओवादीद्धारा सरकारलाई दिएको समर्थन फिर्ता, सरकार अल्पमतमा : Mero Aarthik
असार १७ गते २०८२
ब्रेकिङ न्यूज

माओवादीद्धारा सरकारलाई दिएको समर्थन फिर्ता, सरकार अल्पमतमा

मेरो आर्थिक मेरो आर्थिक जेठ २३ गते २०८०

नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन औपचारिक रुपमा फिर्ता लिने निर्णय गरेको छ । पार्टीको प्रदेश कमिटी पदाधिकारीको आज बिहान बसेको बैठकले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
पार्टीको निर्णयलाई संसदीय दलले अनुमोदन गरेपछि माओवादी केन्द्र सरकारलाई दिएको समर्थन फिर्ता लिएको जनाईएको छ । गत पुस २४ गते नेकपा एमाले संसदीय दलका नेता हिक्मत कुमार कार्की नेतृत्वमा गठन भएको सरकारमा माओवादी केन्द्रबाट भौतिक पूर्वाधार विकास मन्त्रीमा दुर्गाप्रसाद चापागाईं र वन, पर्यटन तथा वातावरण मन्त्रालयमा जीवन आचार्य मन्त्री छन् ।

माओवादी केन्द्र सरकारबाट फिर्ता भएसँगै कार्की नेतृत्वको सरकार अल्पमतमा परेको छ । प्रदेशसभामा बहुमतको लागि ४७ सांसद आवश्यक पर्नेमा माओवादी फिर्ता भएपछि एमालेका ४० र राप्रपाका ६ गरी सरकारको समर्थनमा ४६ सांसद मात्र रहेका छन् । माओवादी केन्द्रले अर्को सरकार गठनका लागि मुख्यमन्त्रीमा आफ्नै दलका नेता इन्द्रबहादुर आङ्बोलाई अगाडि सार्ने निर्णय पनि गरेको छ । भने नेता हिक्मत कुमार कार्की पुनः विश्वासको मत लिने सोचमा रहेको बुझिएको छ । समय समयमा आउने सरकारको उतार चढाबले विकास लगायत अन्य कुराहरुमा प्रभावित पार्ने विज्ञहरुको ठहर छ ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?