फागुन ११ गते २०८२ --:--:--
मेनु

कोशी प्रदेशमा हिक्मत कार्कीले पाएनन् विश्वासको मत

मेरो आर्थिक मेरो आर्थिक असार १५ गते २०८० ४:४३ PM
कोशी प्रदेशमा हिक्मत कार्कीले पाएनन् विश्वासको मत

कोशी प्रदेशभा एमाले सरकारल ढलेको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशसभामा विश्वासको मत नपाएपछि कार्की नेतृत्वको सरकार ढलेको हो ।

कार्की २०७९ पुस २४ मा नियुक्त भएका थिए । विश्वासको मतको प्रस्तावको पक्षमा ४६ मत र विपक्षमा ४३ मत खसेको छ । प्रदेशसभामा ८९ सांसद उपस्थित छन् ।

९३ सदस्यीय कोशी सभामा बहुमतका लागि ४७ सांसद चाहिन्छ । बहुमत पूरा गर्न नसकेसँगै १७४ दिनपछि मुख्यमन्त्री बाहिरिएका छन् ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?