फागुन २० गते २०८२ --:--:--
मेनु

इजरायलमा मारिएका विद्यार्थीका परिवारलाई १० लाख उपलब्ध

मेरो आर्थिक मेरो आर्थिक पौष ५ गते २०८० ९:२८ PM
इजरायलमा मारिएका विद्यार्थीका परिवारलाई १० लाख उपलब्ध

नेपाल सरकारले इजरायलको दक्षिणी भाग किबुज अलुमिममा हमास समूहको आक्रमणमा पारी नेपाली विद्यार्थीहरूले ज्यान गुमाएका परिवारलाई राहत स्वरुप रकम उपलब्ध गराएको छ ।

अर्थ मन्त्रालयले इजरायलमा मारिएका नेपाली विद्यार्थीका परिवारलाई राहत स्वरूप १० लाख रुपैयाँको दरले आर्थिक सहायता उपलब्ध गराउन रकम निकासा गरेको छ ।

नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले गत असोज २२ गते परिवार राहत उपलब्ध गराउने निर्णय गरेको थियो । सोही अनुसार जिल्ला प्रशासन कार्यालयहरूलाई मन्त्रालयले रकम निकासा गरेको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?