Skip to content
logo
कार्तिक ३ गते २०८१ समयः

जनता समाजवादी पार्टीको बैठकमा सांगठनिक प्रस्तावमाथि छलफल

मेरो आर्थिक
मेरो आर्थिक
पौष ११ गते २०८०
जनता समाजवादी पार्टीको बैठकमा सांगठनिक प्रस्तावमाथि छलफल

जनता समाजवादी पार्टी (जसपा) नेपालको मंगलबार बसेको बैठकमा सांगठनिक प्रस्तावउपर छलफल भएको छ । पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य एवम् संगठन विभाग प्रमुख र सात प्रदेश समितिका इन्चार्ज रहेको कार्यदलले तयार पारेको जिम्मेवारी बाँडफाँटको प्रस्तावमाथि छलफल भएको थियो ।

जसपाले यस अघि केन्द्रीय कार्यकारिणी समिति सदस्य र केही राजनीतिक समिति सदस्यलाई मात्र जिम्मेवारी तोकेको छ । खासगरी पार्टीका एक सय उन्नाइस राजनीतिक समिति सदस्यलाई विभाग, संयन्त्रमा जिम्मेवारी दिने गरी तयार पारिएको प्रस्तावमा बैठकमा छलफल भयो ।

Add a new comment