फागुन २० गते २०८२ --:--:--
मेनु

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्ने

मेरो आर्थिक मेरो आर्थिक पौष १२ गते २०८० ८:२० AM
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्ने

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्ने भएको छ । समसामयिक राजनीतिक घटनाक्रम र राष्ट्रियसभाको चुनावबारे छलफल गर्न आजलाई बैठक बोलाएको हो ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेदेखि बैठक सुरू हुने बैठकमा मुख्यगरी मन्त्रीहरूका कामकारबाहीको समीक्षा गर्ने तयारी गरेको छ। मन्त्रीहरूले आफूले गरेका कामबारे पनि पार्टीलाई जानकारी गराउने छन्।

साथै महासमिति बैठक तयारी र राष्ट्रिय सभा निर्वाचनलगायत विषयमा पनि केन्द्रीय समितिमा छलफल हुनेछ।

कांग्रेसले पुसमा गर्ने भनिएको महासमिति बैठकलाई फागुन ७ देखि शुरु गरी फागुन १० गते समापन गर्ने समेत जनाएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?