फागुन २० गते २०८२ --:--:--
मेनु

इलाममा जनतासँग माओवादी रुपान्तरण अभियान समापन

मेरो आर्थिक मेरो आर्थिक पौष २१ गते २०८० ९:२४ AM
इलाममा जनतासँग माओवादी रुपान्तरण अभियान समापन

इलामः जनतासँग माओवादी बिशेष रुपान्तरण अभियान, अन्तरगतको सन्दकपुर गाउँपालिकाको समिक्षा बैठक तथा अभियान समापन भएको छ । पार्टी पालिका अध्यक्ष फुर्वा तामाङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रञ्जित तामाङको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा नेकपा माओवादी केन्द्र प्रदेश सदस्य प्रवास शर्मा, पालिका इन्चार्ज भोजप्रसाद खतिवडा, पार्टीको सल्लाहकार प्रेम नाछिरीङ राई, विद्यार्थी फ्रयाक्सन इन्चार्ज गञ्जु प्रधान, पालिका सहइन्चार्ज जीवन शिवा लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तामाङले अभियानपछि पार्टी नयाँ ढंगले अघि बढ्ने बताए । उनले अभियानको निरन्तर अघि बढ्दै जाने बताउँदै विकास निर्माण र जनजिविकाको सवालमा माओवादी पार्टी अडिग रहेको बताएका थिए ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?