Skip to content
logo
कार्तिक २ गते २०८१ समयः

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि माओवादी केन्द्रबाट उमेद्वार चयन

मेरो आर्थिक
मेरो आर्थिक
पौष २३ गते २०८०
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि माओवादी केन्द्रबाट उमेद्वार चयन

माओवादी केन्द्रले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारीको नाम टुङ्ग्याएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार गठबन्धन दलहरूबिच सहमति भएपश्चात् माओवादीले आफ्नो कोटामा परेका ६ सिटका लागि उम्मेद्वार टुङ्गो लगाएको हो ।

त्यसै अनुसार माओवादी केन्द्रले राष्ट्रियसभा निर्वाचनमा उम्मेदवारीका लागि कोशीबाट महिलातर्फ चम्मादेवी कार्की, बागमतीबाट अपाङ्गतातर्फ श्रीकृष्ण अधिकारी, गण्डकीबाट महिलातर्फ मनरूपा शर्मा, लुम्बिनीबाट अन्यतर्फ झक्कु सुवेदी, कर्णालीबाट दलिततर्फ विष्णु विश्वकर्मा र सुदूरपश्चिमबाट महिलातर्फ रेणु चन्दको नाम अनुमोदन गरेको हो । मधेस प्रदेशमा माओवादीले सिट पाएको छैन ।

Add a new comment