Skip to content
logo
भाद्र २३ गते २०८१ समयः

सातै प्रदेशमा आज राष्ट्रिय सभाको निर्वाचन हुदै, नतिजा आजै निकालिने

मेरो आर्थिक
मेरो आर्थिक
माघ ११ गते २०८०
सातै प्रदेशमा आज राष्ट्रिय सभाको निर्वाचन हुदै, नतिजा आजै निकालिने

संघीय संसदको एक अंग राष्ट्रिय सभाका १९ सिटका लागि आज सातै प्रदेशमा निर्वाचन हुँदैछ । आागमी फागुन २० गतेबाट राष्ट्रिय सभामा २० जनाको पदावधि सकिँदै छ । आज बिहान ९ बजेदेखि ३ बजेसम्म मतदान हुने र नतिजा पनि आजै प्रकाशन हुने निर्वाचन आयोगले बताएको छ ।

प्रदेशहरुको न्यायोचित प्रतिनिधित्व व्यस्थापकीय शक्ति सन्तुलन तथा कार्यकौशलता र प्रभावकारीताको सन्तुलन समेतलाई संवोधन गर्न नेपालको संविधानले राष्ट्रिय सभाको व्यवस्था गरेकोछ। संविधानले राष्ट्रिय सभालाई स्थायी प्रकृतिको व्यवस्थापकीय अंगको रुपमा परिकल्पना गरेकोछ। 

प्रदेश सभाका सदस्य, स्थानीय तहका प्रमुख र उपप्रमुख रहेको निर्वाचक मण्डलद्वारा प्रत्येक प्रदेशबाट कम्तीमा तीन जना महिला, एक जना दलित र एक जना अपांगता भएका व्यक्ति वा अल्पसंख्यक सहित आठ जना गरी निर्वाचित छपन्न जना र नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत कम्तीमा एक जना महिला सहित तीन जना गरी राष्ट्रिय सभामा उनान्साठी सदस्य रहेने व्यवस्था छ ।

सिमान्तकृत, लोपन्मुख समुदायको पनि राष्ट्रको शासन व्यवस्थामा सहभागिता गराई समावेशी र लोकतान्त्रिक शासन व्यवस्थाको स्थापना र विकासका लागि राष्ट्रिय सभा अपरिहार्य छ।

Add a new comment