Skip to content
logo
भाद्र २३ गते २०८१ समयः

प्रधानमन्त्री पुष्पकमल दाहालले आज संसदमा विश्वासको मत लिदै

मेरो आर्थिक
मेरो आर्थिक
फागुन ३० गते २०८०
प्रधानमन्त्री पुष्पकमल दाहालले आज संसदमा विश्वासको मत लिदै

प्रधानमन्त्री पुष्पकमल दाहालले आज संसदमा विश्वासको मत लिने भएका छन् । सत्ता गठबन्धनको सहयात्री दल परिवर्तन गरेपछि दाहालले विश्वासको मत लिन लागेका हुन ।

सरकारलाई समर्थन गरेका नेकपा एमाले र राप्रपाले समर्थन फिर्ता लिई सरकारबाट पनि बाहिरिएपछि प्रधानमन्त्री प्रचण्डले पुन: प्रतिनिधि सभाबाट विश्वासको मत लिन लागेका छन्। १४ महिना यता उनले विश्वासको मत लिन थालेको यो तेस्रो पटक हो । यसअघि गत वर्षको पुस २६ मा पहिलो पटक र चैत ६ मा दोस्रो पटक दाहालले विश्वासको मत लिएका थिए ।

विश्वासको मतका लागि सत्ता साझेदार दलहरुले ह्विप जारी गर्ने निर्णय गरिसकेका छन् । प्रधानमन्त्री दाहालले संविधानको धारा १०० (२) अनुसार प्रतिनिधिसभाबाट विश्वासको मत लिन लागेका हुन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहाललाई नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी पार्टी, आम जनता पार्टीलगायत दलहरूले विश्वासको मत दिने तयारी गरेका छन्।

प्रधानमन्त्रीले विश्वासको मत लिएपछि अहिलेकै सरकारमा मन्त्रिपरिषद बिस्तारका काम अघि बढ्नेछ। सत्ता गठबन्धनभित्र छलफल गरेपछि कुन पार्टीले कुन मन्त्रालय लिने भन्ने सहमति गरेर मन्त्रिपरिषद बिस्तार गर्ने प्रधानमन्त्रीको तयारी छ।

Add a new comment