प्रधानमन्त्री पुष्पकमल दाहाललाई तेस्रो पटक विश्वासको मत : Mero Aarthik
असार १७ गते २०८२
ब्रेकिङ न्यूज

प्रधानमन्त्री पुष्पकमल दाहाललाई तेस्रो पटक विश्वासको मत

मेरो आर्थिक मेरो आर्थिक चैत्र १ गते २०८०

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिएका छन् ।

प्रस्तावको पक्षमा जम्मा १ सय ५७ सांसदले मतदान गर्दै उनले आफूलाई सभामुखको विश्वास रहेको बताए । त्यसको तुलनामा ११० सांसदले विपक्षमा मतदान गरे भने एकजना तटस्थ रहे ।

बुधबार प्रधानमन्त्रीले विश्वासको मत मागेपछि प्रतिनिधिसभाका २७५ मध्ये २६८ सदस्यले मतदान गरेका थिए । प्रतिनिधिसभामा प्रधानमन्त्रीले आफ्नो पक्षमा बहुमत देखाउन कम्तीमा १३८ सांसदको समर्थन जुटाउनुपरेको थियो ।

गत पुस १० गते प्रधानमन्त्री नियुक्त दाहालले दोस्रो पटक विश्वासको मत लिएका हुन्। यसअघि उनले पुस २६ गते विश्वासको मत लिएका थिए।

उनी नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायत ६ पार्टीको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका थिए। राष्ट्रपति चुनावलाई लिएर गत फागुन १२ गते नयाँ गठबन्धन बनेपछि एमाले र राप्रपाले सरकारबाट बाहिरिंदै समर्थन फिर्ता लिएका थिए।


यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?