Skip to content
logo
भाद्र २३ गते २०८१ समयः

सुन तस्करी नियन्त्रण आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न निर्देशन

मेरो आर्थिक
मेरो आर्थिक
चैत्र ४ गते २०८०
सुन तस्करी नियन्त्रण आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न निर्देशन

गृहमन्त्री रवि लामिछानेले देशको समग्र सुधार र सही मार्गनिर्देश प्रदान गर्ने शपथ ग्रहण गरेअनुसारकै काम कारवाहीहरु शुरु गरेका छन् ।

यसअनुसार सुनको तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।

आइतबार मन्त्री लामिछानेले गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागका प्रमुख श्याम ज्ञवालीलाई निर्देशन दिएका हुन् ।

त्यस्तै मन्त्रालयमा भएको छलफलमा मन्त्री लामिछानेले कृष्णबहादुर महरासहित प्रतिवेदनले औंल्याएका निजामती तथा प्रहरी कर्मचारीलाई कारबाही गर्न निर्देशन दिएका हुन् ।

 सुन तस्करीमा पूर्वउपराष्ट्रपतिका छोरा दिपेश पुन पक्राउ परिसकेका छन । त्यस्तै पूर्वसभामुख कृष्णबहादुर महरालाई पनि मुद्दा चलाउन सिफारिस भएको छ ।

Add a new comment