Skip to content
logo
भाद्र २३ गते २०८१ समयः

उपनिर्वाचनको दिन कानुनले बन्देज गरेका क्रियाकलापहरु के–के छन् त ?

मेरो आर्थिक
मेरो आर्थिक
वैशाख १४ गते २०८१
उपनिर्वाचनको दिन कानुनले बन्देज गरेका क्रियाकलापहरु के–के छन् त ?

प्रतिनिधिसभा अन्तर्गत इलाम २ र बझाङ प्रदेश सभा क्षेत्र नम्वर एकमा हुुने उपनिर्वाचन आगामी बैशाख १५ गते हुुने उपनिर्वाचन निश्चित भई सम्पुर्ण तयारी पुरा भएको छ ।

इलाम २ का संसद स्व. सुवास चन्द्र नेम्वाङ्गको असामयिक मृत्यु पछिको रिक्त पदमा हुने चुनावमा निर्वाचन आयोगले वैशाख १५ गते सुरक्षा व्यवस्था कडा पार्ने निर्णय गरेको छ । आयोगको गत सोमबार बसेको बैठकले उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकको सिफारिस समेतका आधारमा सो निर्णय गरेको हो ।

बैठकको निर्णय अनुसार आयोगले चुनावी समयमा हुने विभिन्न कार्यहरू गर्न बन्देज गरेको छ । जनताले स्वतन्त्ररुपमा आफ्नो मताधिकारको प्रयोग गर्न पाउने हकलाई अझ शसक्तरुपमा लागु गर्न निशेधात्मक कार्यहरुलाई बन्देज गर्नुपर्ने हुन्छ ।
चुनावलाई निश्पक्ष, धाधलीरहित तथा सौहार्दपुण तरिकाले सम्पन्न गर्नु गराउनु नेपालको सविधानको मर्म अनुरुप पर्दछ ।

प्रतिनिधिसभा अन्तर्गत इलाम २ र बझाङ प्रदेश सभा क्षेत्र नम्वर एकमा हुुने उपनिर्वाचन आगामी बैशाख १५ गते हुुने उपनिर्वाचन निश्चित भई सम्पुर्ण तयारी पुरा भएको छ । सोही प्रसंगबस बिभिन्न ऐनहरुलाई हेर्दा मतदानको दिन गर्न हुने तथा नहुने कार्यहरु यस प्रकार रहेका छन्ः

उपनिर्वाचनको मतदान हुने दिन निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को परिच्छेद २ को दफा ४ बमोजिम निर्वाचन सम्बन्धी सामग्रीको प्रयोगमा बाधा पुर्‍याउन नहुने,
दफा ५ बमोजिम मतपत्रको दुरुपयोग गर्न नहुने,
दफा ६ बमोजिम गैरकानुनी तवरले मतपत्र दिन वा लिन नहुने,
परिच्छेद ३ को दफा ७ बमोजिम मतदानको अधिकार विना मतदान गर्न नहुने,
दफा ८ बमोजिम पटक पटक मतदान गर्न नहुने,
दफा ९ बमोजिम मत सङ्केत सार्वजनिक गर्न नहुने,
दफा १० बमोजिम मतदानको प्रक्रिया उल्लङ्घन गर्न नहुने,
दफा ११ बमोजिम मतपत्र बाहेक अन्य वस्तु खसाल्न वा राख्न नहुने,
दफा १२ बमोजिम मतदान भएको मतपत्र विगार्न वा नष्ट गर्न नहुने,
दफा १३ बमोजिम मतदान गर्न बाधा गर्न नहुने लगायतका व्यवस्थाको प्रतिकुल हुने गरी कुनै पनि कार्य हुन नदिने र कही कतैबाट भए गरेमा थप आदेश लिनु नपर्ने गरी प्रचलित कानुन बमोजिम तत्काल कारबाही गर्ने र जानकारी गराउने आयोगले निर्देशनसमेत जारी गरेको छ ।

कुनै पनि मतदान केन्द्रमा पुनः मतदान गर्नुपर्ने अवस्था आउन नदिन मुख्य निर्वाचन अधिकृत मार्फत, मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूलाई र जिल्ला सुरक्षा समिति मार्फत मतदान केन्द्र तथा घुम्ती टोलिमा खटिने सुरक्षाकर्मीहरूलाई निर्देशन दिन गृह मन्त्रालयमार्फत लेखि पठाउने निर्णय भएको उपसचिव एवम् सहायक प्रवक्ता राम दत्त पाण्डेयले जानकारी गराएका छन् ।

निर्वाचन कसुर तथा सजाय ऐन, २०७३ को दफा २४ को उपदफा ५ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम मतदान हुने दिन २०८१ वैशाख १५ गतेको अघिल्लो ४८ घण्टा अर्थात २०८१ वैशाख १२ गते राती १२ः०० बजे पश्चात् मतदान केन्द्र बन्द नहुन्जेलसम्म निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २४ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ र १८ बमोजिम निषेध गरिएका कार्यहरू हुन नदिने आयोगको बैठकले निर्णय गरेको पाण्डेयले जानकारी गराएका छन् ।

उपनिर्वाचन हुने निर्वाचन क्षेत्रमा अनधिकृत एवम् शंकास्पद व्यक्तिको प्रवेश र तीनका गतिविधिमा उच्च निगरानी राख्ने, सुक्ष्म ढंगले अनुगमन गर्ने र निर्वाचनको स्वच्छता, निष्पक्षता, स्वतन्त्रता र विश्वसनीयतामा आँच आउने कुनै कार्य वा अवाञ्छित गतिविधि भएको वा हुन सक्ने शंका लागेमा वा कुनै सूचना प्राप्त भएमा मतदान केन्द्र तथा निर्वाचनको सुरक्षामा खटिएका सुरक्षाकर्मीले थप आदेश लिनु नपर्ने गरी नियन्त्रणमा लिई प्रचलित कानुन बमोजिम तत्काल कारबाही प्रारम्भ गर्न गृह मन्त्रालय मार्फत निर्देशन दिने निर्णय भएको उनले बताए ।

मौन अवधि शुरु भएकाले सोही बमोजिम कानुनको पालना गर्ने गराउने दायित्व पनि चुनावका प्रत्यासीहरुको रहेको दावी गर्दै स्वतन्त्र मतको सदुपयोग गर्न पनि अपिल गरेका छन् ।

Add a new comment