प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची


काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज बिहान ११ बजेदेखि बैठक शुरु हुने कार्यतालिका रहेको छ ।
आजको बैठकमा प्रधानमन्त्री ओलीले सांसदहरुले सोधेको प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ ।
प्रतिनिधि सभा नियमावली २०७९ को परिच्छेद ९ मा हरेक महिनाको पहिलो साता सांसदहरुले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्न सोध्ने व्यवस्था गर्ने उल्लेख छ ।
त्यस्तै आज बजेटमाथिको मन्त्रालयगत छलफलमा पर्यटन, खेलकुद, भौतिक पूर्वाधार, महिला तथा बालबालिका, उद्योग तथा भुमि व्यवस्था मन्त्रालयको छलफल हुने कार्यसूची रहेको छ ।
एभरेष्ट न्यूज एजेन्सी,
यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%