कांग्रेसको जिल्ला सम्पर्क समिति समन्वय विभागमा १० सदस्य मनोनित : Mero Aarthik
असार १७ गते २०८२
ब्रेकिङ न्यूज

कांग्रेसको जिल्ला सम्पर्क समिति समन्वय विभागमा १० सदस्य मनोनित

मेरो आर्थिक मेरो आर्थिक असार १५ गते २०८२

काठमाडौँ  । नेपाली कांग्रेसको जिल्ला सम्पर्क समिति समन्वय विभागमा १० जना सदस्य मनोनयन गरिएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य नानु बास्तोला प्रमुख रहेको पार्टीको जिल्ला सम्पर्क समिति समन्वय विभागको सदस्यमा १० सदस्य मनोनित गरेका हुन् ।

मनोनित भएका सदस्यहरूमा विमला नेपाली (दाङ), दिपक उप्रेती (झापा), जीतबहादुर घिमिरे (काठमाडौं), रामेश्वर पौडेल (भक्तपुर), किरण पोखरेल (अर्घाखाँची), बद्री ढकाल (कैलाली), कमल काफ्ले (स्याङ्जा), रामप्रसाद ढकाल (धादिङ), छिरिङ लामा (मुगु) र निशा पाण्डे (काठमाडौं) रहेका छन् ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?