आज संघीय संसदका चार समितिको बैठक बस्दै : Mero Aarthik
असार १७ गते २०८२
ब्रेकिङ न्यूज

आज संघीय संसदका चार समितिको बैठक बस्दै

मेरो आर्थिक मेरो आर्थिक असार १६ गते २०८२

काठमाडौँ । आज संघीय संसदका चार समितिको बैठक बस्दैछ ।

आज संसदीय सुनुवाइ समिति (संयुक्त), प्रतिनिधि सभा अन्तर्गतका राज्य व्यवस्था तथा सुशासन समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ । त्यस्तै आज राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ ।

बिहान ८ बजे बस्ने संसदीय सुनुवाइ समिति (संयुक्त) समितिको बैठकमा सुनुवाइ हुन बाँकी सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश र न्याय परिषदका सदस्यको सुनुवाइ गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै बिहान ११ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराउने सांसदहरुसँग छलफल हुने कार्यसूची रहेको समितिले जनाएको छ ।

त्यसैगरी बिहान साढे ८ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदनमाथि छलफल हुने कार्यसुची रहेको छ ।

त्यस्तै बिहान ११ बजेदेखि शुरु हुने राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा भन्सार विधेयक, २०८० माथि दफावार छलफल हुने कार्यसूची रहेको समितिले जनाएको छ ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?