चैत्र ३ गते २०८२ --:--:--
मेनु

गोकुल बास्कोटाको चेतावनी- पार्टीमा निषेध लागु हुनै सक्दैन

मेरो आर्थिक मेरो आर्थिक असार २३ गते २०८२ ७:१८ AM
गोकुल बास्कोटाको चेतावनी- पार्टीमा निषेध लागु हुनै सक्दैन

काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले पार्टीमा निषेधको निषेध लागु हुन नसक्ने टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै नेता बास्कोटाले नेताहरुलाई केही बाँकी राखेर बोल्न आग्रह गर्दै पार्टीमा निषेधको निषेध लागु हुन नसक्ने बताएका हुन् ।

उनले भनेका छन्- 

०३९-४५,०४७-४९,०५२-०५४,०५८-५९,०६५,०७१ र ०७७-७८ मध्ये एउटा नजिकबाट हेरियो, सुनियो । अरुमा संलग्न भईयो-भोगियो । को कस्ता थिए, कता थिए र छन ? त्यो पनि थाहै छ । मेरो भनाई यत्ति छ, केही बाँकी राखेर बोल, ताकि मतान्तरबीच मुस्कुराउदै सगै यात्रा गर्न सकियोस । पार्टीमा निषेधको निषेध लागु हुनै सक्दैन ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?