एक बर्षमा आर्थिक सूचक सकारात्मक दिशामा अघि बढायौं- प्रधानमन्त्री ओली : Mero Aarthik
असार ३० गते २०८२
ब्रेकिङ न्यूज

एक बर्षमा आर्थिक सूचक सकारात्मक दिशामा अघि बढायौं- प्रधानमन्त्री ओली

मेरो आर्थिक मेरो आर्थिक असार ३० गते २०८२

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्षमा आफु नेतृत्वको सरकारले देशका आर्थिक सूचकहरू सकारात्मक दिशातर्फ बढाएको बताएका छन्।

सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय आयोजनाहरूको कामले गति लिएको र टाइमलाइन तोकेर काम गर्ने प्रचलनको सुरुवात भएको दाबी गरेका छन् ।

उनले भनेका छन्- ‘हामी सरकारमा आएको एक वर्ष पुग्दै छ। यस बीचमा मुलुकको आर्थिक सूचकांकहरु सकारात्मक देखिएका छन् भने विकासका राष्ट्रिय आयोजनाहरुको कामले गति लिएको छ। टाइमलाइन तोकेर काम गर्ने र नतिजा खोज्ने प्रचलन यसअघि थिएन, अहिले त्यो सुरुवात भएको छ।  नागरिकको सेवा प्रवाहमा सरलता ल्याउन महत्वपूर्ण कानुनहरु संशोधन भएका छन् र तिनले क्रमैसँग लाइन होइन अनलाइनबाट काम गर्ने प्रचलन बढ्दै छ। गर्नु पर्ने धेरै कामहरू छन्, सरकारको ध्यान त्यसैमा केन्द्रित छ ।’

गत वर्ष असार ३० गते नेपाली कांग्रेससहित दलसँगको गठबन्धनमा सरकार गठन भएको थियो ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?