काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्याल र निर्वाचन आयोगका पदाधिकारीहरूबीच निर्वाचन केन्द्रीत छलफल भएको छ ।
विहिबार भएको छलफलमा निर्वाचन आचारसंहिताको पूर्ण परिपालना गराउने तथा सुरक्षा व्यवस्था सुदृढ बनाउने विषयमा छलफल भएको थियो ।
छलफलमा आयोगका तर्फबाट कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन लक्षित शान्ति सुरक्षा र प्रभावकारी अनुगमनको आवश्यकता औँल्याएका थिए ।
सो अवसरमा गृहमन्त्री अर्यालले निर्वाचनका लागि सुदृढ शान्ति सुरक्षाको व्यवस्था मिलाइएको जानकारी दिँदै दण्डहीनता कुनै पनि हालतमा सह्य नहुने स्पष्ट पारेका थिए । उनले आचारसंहिता उल्लङ्घन लगायतका अवाञ्छित गतिविधि निस्तेज पार्न र आचारसंहिता परिपालनाको सूक्ष्म अनुगमन गर्न मन्त्रालय मातहतका सम्पूर्ण निकायहरूलाई पूर्ण रूपमा परिचालन गर्ने प्रतिबद्धता समेत जाहेर गरेका थिए ।












