माघ १९ गते २०८२ --:--:--
मेनु

मन्त्री छोडेर चुनाव लड्न जानु बेइमानी होइन- प्रधानमन्त्री कार्की

मेरो आर्थिक मेरो आर्थिक माघ १९ गते २०८२ ४:५८ PM
मन्त्री छोडेर चुनाव लड्न जानु बेइमानी होइन- प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशिला कार्कीले सरकार छोडेर गएपछि चुनाव लड्न जानेले बेइमानी नगरेको स्पष्ट गरेकी छन् ।

राष्ट्रिय सभामा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले युवाहरु राजनीति गर्न खोज्छन् भने गर्न दिनुपर्छ भन्दै दोष दिने भए आफुलाई दिन आग्रह गरेकी थिइन् । उनले जेनजीको प्रेसरबाट आफुले मन्त्री बनाएको र चुनाव लड्न जान्छु भन्दा जान दिएको बताएकी छन् । त्यस्तै प्रधानमन्त्री कार्कीले महावीर पुन रिसाएर गएको बताउदै उनले केहि कानुन बनाउन भनेको र छोटो समयमा सम्भव नभएपछि उनले छोडेर गएको बताएकी छन् ।

त्यस्तै दुई जना मन्त्री रास्वपामा गएको, महावीर पुन स्वतन्त्र चुनाव लडेको र कुलमान घिसिङको आफ्नै पार्टी रहेकाले सरकारमा रास्वपाका मात्र मन्त्री रहेको भन्ने आरोपको प्रधानमन्त्री कार्कीले खण्डन गरेकी छन् ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?