माघ १९ गते २०८२ --:--:--
मेनु

बालेनलाई निर्वाचन आयोगले दोस्रो पटक सोध्यो स्पष्टीकरण

मेरो आर्थिक मेरो आर्थिक माघ १९ गते २०८२ ५:१६ PM
बालेनलाई निर्वाचन आयोगले दोस्रो पटक सोध्यो स्पष्टीकरण

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहलाई दोस्रो पटक स्पष्टीकरण सोधेको छ ।

झापा- ५ मा चुनाव प्रचारको क्रममा बालेनकी श्रीमती सबिना काफ्लेसँग सादा पोसाकका प्रहरीले पनि मत मागिरहेको विषयमा आयोगले स्पष्टीकरण सोधेको हो । आयोगले बालेनलाई तीन दिनभित्र जवाफ माग गर्दै स्पष्टीकरण सोधेको छ ।

यसअघि बालेनले एमाले अध्यक्ष केपी शर्मा ओलीको पोष्टमा गरेको कमेन्टका विषयमा आयोगले स्पष्टीकरण सोधेको थियो ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?