माघ २१ गते २०८२ --:--:--
मेनु

प्रादेशिक अस्पताल सिरहाको राजश्व हिनामिना गरेको आरोपमा १० जनाविरुद्ध मुद्धा दायर

मेरो आर्थिक मेरो आर्थिक माघ २० गते २०८२ ८:२८ PM
प्रादेशिक अस्पताल सिरहाको राजश्व हिनामिना गरेको आरोपमा १० जनाविरुद्ध मुद्धा दायर

काठमाडौँ । प्रादेशिक अस्पताल सिरहाका तत्कालीन कार्यालय प्रमुखहरू डा. नागेन्द्र प्रसाद यादव र डा. सरोज यादवसहित १० जनाविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्धा दायर भएको छ ।

प्रादेशिक अस्पताल सिरहामा मिलेमतोमा कर्मचारी नियुक्ति गरी करारका कर्मचारीलाई ओपीडी लगायतमा महत्वपूर्ण नगद रकम संकलन काउन्टरमा राखी दैनिक संकलन भएको ३८ लाख ७७ हजार ७२४ रुपैयाँ हिनामिना गरेको आरोपमा मुद्धा दायर गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जानकारी दिएको छ ।

अख्तियारले तत्कालीन कार्यालय प्रमुखहरू डा. नागेन्द्र प्रसाद यादव र डा. सरोज यादव तत्कालीन प्रशासन प्रमुख अशोक कुमार सिंह, तत्कालीन लेखा प्रमुख रत्न प्रसाद मण्डलको श्रीमती मुस्कान कुमारी मण्डल र तत्कालीन लेखा प्रमुख अशोक कुमार यादवविरुद्ध  ३८ लाख ७७ हजार ७२४ रुपैयाँ बिगो माग गरेको छ भने विल काउन्टरमा कार्यरत अहेव. श्याम कुमार मण्डलविरुद्ध २५ लाख ४७ हजार ४१७ रुपैयाँ विगो मागेको छ ।

त्यस्तै काउन्टरमा कार्यरत सकअ पुजा कुमारी यादव र सरस्वती कुमारी यादवसँग २ लाख ८८ हजार २२९ रुपैयाँ बिगो मागेको छ भने विल काउन्टरमा कार्यरत स.क.अ. रोशन कुमार यादवसँग एक लाख ६४ हजार ६५९ रुपैयाँ बिगो मागेको छ । त्यसैगरी अख्तियारले विल काउन्टरमा कार्यरत सकअ अजय कुमार मण्डलसँग ३ लाख ७९ हजार २१ रुपैयाँ बिगो मागेको छ । 

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?