फागुन ११ गते २०८२ --:--:--
मेनु

शिक्षक तथा कर्मचारीलाई चुनावी प्रचारमा संलग्न नहुन आयोगको चेतावनी

मेरो आर्थिक मेरो आर्थिक फागुन ११ गते २०८२ ९:३४ PM
शिक्षक तथा कर्मचारीलाई चुनावी प्रचारमा संलग्न नहुन आयोगको चेतावनी

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका सन्दर्भमा शैक्षिक संस्थामा आबद्ध प्राध्यापक, शिक्षक तथा कर्मचारीलाई कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्ष-विपक्षमा प्रचारप्रसारमा संलग्न नहुन निर्देशन दिएको छ ।

आयोगका अनुसार केही शिक्षक तथा कर्मचारी चुनावी प्रचारमा सक्रिय भएको भन्ने उजुरी प्राप्त भएपछि यस्तो चेतावनी जारी गरिएको हो । निर्वाचन आचारसंहिता, २०८२ को दफा १० अनुसार विद्यालय, महाविद्यालय वा विश्वविद्यालय तथा तिनमा सम्बद्ध कर्मचारीले कुनै दल वा उम्मेदवारको समर्थन वा विरोधमा प्रचार गर्न नपाउने स्पष्ट व्यवस्था रहेको छ ।

त्यस्तै शिक्षा ऐन, २०२८ अनुसार शिक्षक वा कर्मचारी राजनीतिक दलको कार्यकारिणी समितिमा संलग्न पाइए पदबाट हटाउन सकिने व्यवस्था पनि रहेको आयोगले स्मरण गराएको छ ।

आचारसंहिता उल्लङ्घन गरेमा दफा ४८ बमोजिम कारबाही हुने चेतावनी दिँदै आयोगले जिल्ला आचारसंहिता अनुगमन समिति तथा निर्वाचन कार्यालयहरूलाई प्रभावकारी अनुगमन गर्न अनुरोध गरेको छ ।

आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईले शैक्षिक क्षेत्रको तटस्थता र मर्यादा कायम राख्न सबै सरोकारवालालाई आग्रह गरेका छन् ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?