काठमाडौँ । इलाम-२ मा नेकपा एमालेका युवा नेता सुहाङ नेम्वाङ पछि परेका छन् ।
शुरुवाती अग्रता लिएपनि पछिल्लो मत गणना अपडेट अनुसार इलाम- २ मा श्रम संस्कृति पार्टीका सुदीप राईले १५०४ मत प्राप्त गर्दै अग्रता लिएका छन् । त्यस्तै सुहाङले १३६० मत प्राप्त गरेका छन् । यस क्षेत्रमा काँग्रेसका भेषराज आचार्यले ७३३ मत प्राप्त गरेका छन् भने रास्वपाका गोकुल बहादुर राईले ४२० मत पाएका छन् ।













