फागुन २४ गते २०८२ --:--:--
मेनु

ललितपुर-२ बाट रास्वपाका जगदीश खरेल विजयी

मेरो आर्थिक मेरो आर्थिक फागुन २४ गते २०८२ १:०४ PM
ललितपुर-२ बाट रास्वपाका जगदीश खरेल विजयी

काठमाडौं । ललितपुर-२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का जगदीश खरेल विजयी भएका छन् । 

पूर्व सञ्चारमन्त्री समेत रहेका खरेलले ३९ हजार ४९१ मत प्राप्त गर्दै विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका प्रेमकृष्ण महर्जनले ७ हजार ४२० मत प्राप्त गरेका थिए । त्यस्तै उज्यालो नेपाल पार्टीका राजाराम तण्डुकारले ५ हजार ५४७ मत प्राप्त गरेका छन् ।

योसँगै रास्वपाले ललितपुरका तिनै क्षेत्रमा जित हासिल गरेको छ । ललितपुरको क्षेत्र नम्बर १ मा रास्व्पा का बुद्धरत्न महर्जन विजयी भएका छन् भने क्षेत्र नम्बर ३ बाट डा. तोसिमा कार्की विजयी भएकी छन् ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?