काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज हर्क साम्पाङले आफुहरु प्रतिपक्षमा रहेर सरकारलाई प्रश्न गर्ने बताएका छन् ।
शपथ ग्रहणका लागि सिंहदरबारस्थित संसद् भवन परिसर पुगेका साम्पाङले सञ्चारकर्मीसँग कुरा गर्दै सरकारको प्रतिपक्षमा रहेर प्रश्न गर्ने बताएका हुन् ।
कुराकानीमा उनले भने- ‘प्रतिपक्षमा रहेर प्रश्न गर्ने छौँ । सरकाले गरेका राम्रा कामलाई समर्थन गर्छौं । सरकारले राम्रो काम गर्नुपर्छ । हामी जनताको आवाज संसदमा बोल्छौँ ।’
उनले आफुले नेपाली भाषामै शपथ लिने जानकारी दिदै पार्टीका अन्य सांसदले मातृभाषामा शपथ लिने जानकारी दिए ।












