चैत्र १३ गते २०८२ --:--:--
मेनु

स्वर्णिम वाग्ले अर्थ र शिशिर खनाल परराष्ट्रमन्त्री बन्दै

मेरो आर्थिक मेरो आर्थिक चैत्र १३ गते २०८२ ११:५८ AM
स्वर्णिम वाग्ले अर्थ र शिशिर खनाल परराष्ट्रमन्त्री बन्दै

काठमाडौँ । बालेन शाह नेतृत्वको सरकारमा डा. स्वर्णिम वाग्ले अर्थमन्त्री बन्ने निश्चित भएको छ ।

त्यस्तै परराष्ट्र मन्त्रीमा शिशिर खनाल र सामान्य प्रशासन मन्त्रालयमा प्रतिभा रावलको नाम निश्चित भएको छ । त्यस्तै मन्त्री बन्नेहरुमा सुधन गुरुङ, सोबिता गौतमलगायतको नाम चर्चामा रहेको छ ।

त्यसैगरी रास्वपा उपसभापति डिपी अर्याललाई सभामुख बनाउनेमा बालेन र सभापति रवि लामिछाने सहमत भएको बताइएको छ ।

यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले बालेन शाहलाई प्रधानमन्त्री नियुक्त गरेका छन् भने उनले १२ बजेर ३४ मिनेटमा प्रधानमन्त्रीको शपथ लिदैछन् ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?