चैत्र १९ गते २०८२ --:--:--
मेनु

रवि लामिछानेद्वारा संसदबाट दलित समुदायसँग सार्वजनिक माफी

प्रतिनिधिसभाको पहिलो बैठकमै ऐतिहासिक विभेदप्रति क्षमा याचना, अब जातका आधारमा अपमान सहनु नपर्ने प्रतिबद्धता

मेरो आर्थिक मेरो आर्थिक चैत्र १९ गते २०८२ ३:१६ PM
रवि लामिछानेद्वारा संसदबाट दलित समुदायसँग सार्वजनिक माफी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायप्रति सार्वजनिक रूपमा माफी मागेका छन्। बिहीबार बसेको प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले विगतदेखि जारी विभेद र अन्यायप्रति दुःख व्यक्त गर्दै हात जोडेर क्षमा याचना गरेका हुन्।

सम्बोधनका क्रममा उनले समाजमा सदियौँदेखि जरा गाडेको विभेदप्रति गम्भीर चिन्ता व्यक्त गरे। व्यक्तिगत रूपमा माफी माग्ने घटनाहरू भए पनि समग्र रूपमा राज्य र समाजले आफ्नो जिम्मेवारी पूरा गर्न नसकेको उनले संकेत गरे।

लामिछानेले सरकारको तर्फबाट पनि दलित समुदायसँग सामूहिक रूपमा माफी मागिएको स्पष्ट पारे। उनका अनुसार शताब्दीयौँदेखि भइरहेका विभेद, अन्याय र अत्याचारका लागि राज्यले औपचारिक रूपमा जिम्मेवारी लिनुपर्ने समय आएको छ।

उनले दलित समुदायले भोग्दै आएको व्यवहारलाई केवल सामाजिक समस्या नभई संगठित अन्यायको रूपमा व्याख्या गरे। अबका दिनमा कुनै पनि नेपाली नागरिकले जातका आधारमा अपमानित हुन नपर्ने वातावरण निर्माण गर्ने प्रतिबद्धता उनले व्यक्त गरे।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?