फागुन २३ गते २०८२ --:--:--
मेनु

शेयरबजारमा आज तिव्र उतारचढाव

मेरो आर्थिक मेरो आर्थिक पौष २६ गते २०७९ १०:०१ AM

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले विश्वासको मत लिने दिन नेप्से परिसूचकमा तिव्र उतारचढाव देखिएको छ। यस दिन मध्यान्हसम्ममा ६५ अंकभन्दा बढी बढेको नेप्से, अन्तिम समयमा भने घटेर बन्द भएको छ।

मंगलबार नेप्से परिसूचक २१.३५ अंक घटेर २१९०.४२ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ०.७५ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.३२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१७ अंक घटेको छ।
नेप्से ओरालो लागेपनि यस दिन ११ महिना यताकै उच्च कारोबार भएको छ। यस दिन २५४ स्टकको १ लाख ९ हजार ९६७ पटकको कारोबारमा ७ अर्ब ६५ करोड ८८ लाख २३ हजार रुपैयाँ बराबरको २ करोड ८ लाख ४३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। यस अघि २०७८ माघ २० गते साढे ८ अर्बभन्दा बढीको शेयर कारोबार भएको थियो। सोपश्चात यस दिन सर्वाधिक कारोबार भएको हो।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?