हिमाल दोलखा हाइड्रोपावरको हकप्रद शेयर निष्काशन हुदै
मेरो आर्थिक
पौष २९ गते २०७९
समयः ६:३४ am
हकप्रद निष्काशनको अनुमति माग्दै हिमाल दोलखा हाइड्रोपावर कम्पनी नेपाल धितोपत्र बोर्ड पुगेको छ । कम्पनीले ७५ प्रतिशत हकप्रद शेयर निष्काशनको अनुमति माग्दै बोर्डमा पुस २६ गते आवेदन दिएको हो ।
कम्पनीले भदौ ३ गते सम्पन्न साधारण सभाले हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो । एक अर्ब २० करोड रूपैयाँ बराबरको ७५ प्रतिशत हकप्रद निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब ८० करोड रुपैयाँ पुग्नेछ । कम्पनीले हाल कायम १ अर्ब ६० करोड रुपैयाँ चुक्ता पूँजीको ७५ प्रतिशत अर्थात १ बराबर ०.७५ कित्ता शेयरको अनुपातमा १ अर्ब २० करोड रूपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्नेछ । कम्पनीको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।