फागुन २३ गते २०८२ --:--:--
मेनु

नेपाल क्लियरिङ्ग हाउसको एघारौं वार्षिक साधारण सभा सम्पन्न

मेरो आर्थिक मेरो आर्थिक पौष २९ गते २०७९ ७:३० AM
नेपाल क्लियरिङ्ग हाउसको एघारौं वार्षिक साधारण सभा सम्पन्न

नेपाल क्लियरिङ्ग हाउस लिमिटेड(NCHL)को एघारौं वार्षिक साधारण सभाले ४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । पुस २८ मा होटेल क्राउन इम्पेरियल, काठमाडौंमा सम्पन्न भएको बैठकले ३८% बोनस शेयर वितरण गर्ने तथा बोनस शेयरको कर प्रयोजनका निम्ती २% नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

यस पश्चात कम्पनीको चुत्ता पुँजी ७८ करोड ३३ लाख ७५ हजार ७६८ रूपैयाँ बराबरको हुनेछ । कम्पनीले पूँजी वृद्धी मार्फत भुक्तानी प्रणाली पूर्वाधार विकास तथा विस्तार गर्ने, थप प्रणालीहरु स्थापना गर्ने, जोखिम व्यवस्थापनलाई सुढृढ बनाउने साथै नेशनल पेमेन्ट स्वीच अन्तरगतको हाल कार्यान्वयनमा रहेको पूर्वाधार विस्तार गर्न उक्त पूँजी प्रयोग गर्नेछ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?