Skip to content
logo
माघ २३ गते २०८१ समयः

नेप्सेको मङ्सिरसम्मको विवरण अनुसार समीक्षा

मेरो आर्थिक
मेरो आर्थिक
पौष २९ गते २०७९
नेप्सेको मङ्सिरसम्मको विवरण अनुसार समीक्षा

नेप्सेमा चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्म रु ९२ अर्ब ७८ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।

केन्द्रीय बैंकले चालु आवको पाँच महिनाको विवरणअनुसार समीक्षा अवधिमा रु ३५ अर्ब बराबरको विकास ऋणपत्र, रु २८ अर्ब ४४ करोड बराबरको ऋणपत्र, रु ११ अर्ब ५० करोड बराबरको साधारण शेयर, रु नौ अर्ब ७४ करोड बराबरको बोनस शेयर, रु चार अर्ब ४९ करोड बराबरको म्युचुअल फण्ड र रु तीन अर्ब ५९ करोड बराबरको हकप्रद शेयर गरी कूल रु ९२ अर्ब ७८ करोड बराबरको धितोपत्र सूचीकृत भएको छ ।

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले रु सात अर्ब २० करोड बराबरको डिबेन्चर, रु पाँच अर्ब ९५ करोड बराबरको म्युचुअल फण्ड, रु दुई अर्ब ४५ करोड बराबरको साधारण शेयर र रु ९५ करोड बराबरको हकप्रद शेयर गरी कूल रु १६ अर्ब ५५ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।

Add a new comment